Subscribe

बिपि राजमार्गको रिठे भिरमा हजार भन्दा बढि ऐना किन ?

यस्ताे रहेछ कारण ? पढेर सबै सामु जानकािर गराउ ।

बिपि राजमार्गको रिठे भिरमा हजार भन्दा बढि ऐना किन ? पूर्वि पहाडि र मध्य तराईका जिल्लाबाट राजधानि काठमडौ भित्रिने र बाहिरिने सबै भन्दा छोटो दुरि को बनपा,सिन्धुलि बर्दिबास बिपि राजमार्गमा दैनिक पाँच हजार भन्दा बढि ठुूला साना सवारि साधनहरु अावतजावत गर्दछन् ।
नियमित रुपमा आवतजावत गर्ने सवारि साधनहरु मात्र हैन यस राजमार्गमा नेपालको पूर्वि जिल्लाबाट राजधानि र राजधानिबाट पूर्वि जिल्ला सम्म घुम्न निस्कने सवारिहरुका उत्तिकै चाप हुन्छ । कबर्दिबासबाट सुनकोशि र रोशि नदिको तिरै तिर अनेकौ घुम्ती मोड उकालो र छिचोल्दै काभ्रको धुलिखेल र बनेपासम्म १६० कि .मि को लामो यात्रा गर्न सकिन्छ ।

 

तर चार ठाँउमा विभाजन गरेर जापान सरकारले झण्डै ४ अर्ब रुपैँयाकोे लागतमा सडक निमार्ण सम्पन्न गरेको छ । विपि राजमार्गको अन्तिम तथा चौथो खण्ड खुर्कोट तथा नेपालथोक ३७ कि.मीको रीठे भिरमा पुग्ने पुराना तथा नयाँ सवारि चालक ,यात्रुको लागि भने एउटा आशचार्य दृश्यदले भने एकछिन रोकिन बाध्य बनाउछ । सडको भित्ता खोपेर बनाईएको एउटा सानो सेति दविको मन्दिर र त्यसको वरिपरि भित्तै भरि झुण्डाईएको हजार भन्दा बढि ऐना । जहाँ एक हजार भन्दा बढि ऐनाऐना को विचमा सेति देवि माईको स्थापना गरिएको छ ।

 

दैविक शक्ति माथिको आस्था र सुरक्षित यात्राको मनोभावना संग जोडिएको यो ठाँउ सिन्धुलिको सुनकोशि गाँउपालिका वडा नं ५ मुल्कोट नजिकै छ । रिठे भिरको तल अक्कर भिर र सुनकोशि नदि छ ।
यहाँ पुग्नेहरुलाई मन्दिर ऐना किन राखियो भनेर कौतुहलता पक्कै लाग्न सक्छ । रिठे भिरमा ऐना ऐना को बिचमा सेति देवको मन्दिर स्थापना गर्नु को कारण आश्र्चाय र डर लाग्दो भएको स्थानिय बताउछन् ।
त्यो त्यहि ठाँउ हो जहाँ धेरै पहिले भयङकर सडक दुर्घटना हुने गर्दथ्यो । यहाँ यसरि २०६८ साल रिठे भिरबाट सुनकोशि नदिमा यात्रु बाहक बस खसेको थियो र त्यस समयमा पनि धेरैले ज्यान गएका थियो । त्यस पशचात यहाँ पटक पटक दुर्घटना हुन थाल्यो । २०६८ सालमा भएको दसुर्घटना स्थानिय बासिले देख्दा बालबालिका,यवा र बृद्धबुद्धा समेत तर्सने ,काहालिने र र्बबराउन थाले पछि सिन्धुलिका तत्कालिन प्रमुख जिल्ला अधिकारि जितेन्द्र भण्डारिको पहलमा मनामा भएका भहयव हटाउन सप्ताह लगाएको बताउछन त्यस मन्दिरका पूजारि आचार्य ।
सप्तहमा एक महिलाले काम्मदै सुनकोशिको एउटा ढुङगा टिपेर देखाउदै म सेतिदेवि हु मेरो बास स्थानमा सडक निमार्ण गर्दा क्षति पुर्याए पछि मैले मान्छेको भोग खान थालेको हु आचार्य त्यो घटना सम्झन थाल्नु हुन्छ । मलाई सडकमा मन्दिर बनाएर बस्न दिएमा मात्रै राम्रो गर्छु नत्र थप क्षति गर्छु । यो घटना पछि जापान सरकारले नै सडकको भित्तो खोपेर मन्दिर बनाई दिए पछि अहिले ऐना चाढन र पुजा गर्न थालिएको उनि सम्झछन् । यसो गरे पश्चात यहाँ अहिले घटनाहरु नघटेको पनि उनि बताउछन ।
यहाँ ऐना चढायमा मृतको आत्मा देखिन्छ र आफ्नो यात्रा पनि राम्रो र सफल हुन्छ भन्ने जनविश्वास रहि आएको छ । हामी नेपालि दैविक शक्तिमा विश्वास र आस्था राख्नृे गर्ने गछौ तर यसलाई कतिले अन्ध विश्वासको रुपमा पनि लिईग्ने गर्दछन् ।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्