Subscribe

पुनर्निर्माणलाई छिटो अघि बढाउन सरकारलाई निर्देशन : बिकास तथा प्रविधि समिति

प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

 

 

 

 

 

 

 

 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले पुर्ननिर्माणको क्रममा रहेका गुम्वाहरु र अन्य पुरात्वात्विक महत्वका संस्थानहरुको स्रोत व्यवस्थापन गरी द्रुत गतिमा निर्माण कार्य अघि बढाृन राष्ट्रिय पुननिर्माण प्राधिकरणलाइ निर्देशन दिएको हो । बैठकले प्राधिकरणको कार्यअवधी २०७७ पुस १० गते समाप्त हुँदा निर्माणकै चरणमा रहने संरचनाहरुको काम कसरी अघि बढाउने र त्यसको स्वामित्व रेखदेख लगाएतको बिषय सुनिश्चित गर्न मन्त्रीपरिषद् कार्यालय र प्राधिकरणलाई निर्देशन दिएको छ ।

 

 

 

 

 

त्यस्तै बैठकले प्राधिकरणबाट निर्माणाधिन रहेका काठमाडौंका ऐतिहासिक एवं पुरात्वात्विक धरहरा र रानीपोखरी लगाएतका स्थानहरुको अनुगमन गर्ने निर्णय पनि गरिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो । उहाँले प्राधिकरणको सयमावधिबारे छिट्टै टुङ्गो लगाउनु पर्ने बताउनुभयो ।

 

 

 

 

 

 

 

 

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको बताउनुभयो ।

 

 

 

 

 

 

 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले ६ लाख भन्दा बढी गुनासाहरु सम्बोधन गरेको जानकारी दिँदै प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताउनुभयो ।

 

 

 

 

 

 

 

 

समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो । प्राधिकरणको म्याद आगामी पुसमा सकिं‌दैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ । बैठकमा सांसदहरुले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान प्राधिकरणलाई आग्रह गरेका थिए ।

 

 

 

 

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्