Subscribe

चन्दननाथ गुठिको १०८ रोपनी अतिक्रमण

काठमाडौं -जुम्ला स्थित चन्दननाथ गुठिको जग्गा व्यक्ति विशेषले ठूलो मात्रामा अतिक्रमण गरि सकेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यावसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् ।

 

चन्दननाथ राज गुठिको १ लाख ४ हजार वर्गमिटर (करिब २ स ५ रोपनी) जग्गा मध्य हाल मन्दिर रहेको क्षेत्र १४ स ७९ ववर्गमिटर र मन्दिर नजिक सेरा ेत ४८ हजार ३ सय ७९ वर्गमिटर मात्र प्रमाण छ । बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाईन्छ ।

‘केहि समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठिको जग्गा मासिँदै गएको पाईयो’ उक्त गुठिका उपाध्यक्ष दया खत्रीले भने,फिर्ता ल्याउन मुद्धा प्रक्रियामा समत र्गएको छ । सोहि गुठिको पूलो मात्रामा जग्गा व्यक्तिले नामसारी गरि सकेको बताए । नापिका बेला आफ्नो नाममा गरेका रहेछन्, धेरै पछि रहस्य थाहा हुन्छ उनले भने ।

हिमाली जिल्लामा खसहरुको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठिको रैकर जग्गा पनि बेहिसाब छ । जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठिकै जग्गामा जाने गरेको छ ।

 

 

धेरैले कम समयका लागी जग्गा भाडामा लिने धेरै समय सम्म नछाड्ने गरेको पाईएकोृ छ । कसैले स्थायी भौतिक संरचना बनाएका छन् ।

अन्नपूर्ण पोष्टबाट साभार

प्रकाशित समय १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्