Subscribe

बजारमा जताततै पाईने जारको पानी पिउन योग्य नभएको खुलासा ।

मापदण्ड नै पुरा नगरी पानी बिक्रि गर्दै !

जारको पानी पिउन योग्य हुन्छ भनि ढुक्क भएर नपिउनुहोला जारको पानी पिउन योग्य नभएको पाइएको छ ।

 

काठमाडौका विभिन्न ठाउँमा गरिएको अनुगमनका क्र्रममा उत्पादकले न्युनतम मापदण्ड नै पुरा नगरी पानी बिक्रि गर्दै आएको पाइएको छ ।

 

जिल्ला प्रशासन कार्यलय काठमाडौको नेतृत्वमा गरिएको अनुगमनका क्र्रममा यस्तो तथ्य सार्वजनिक भएको हो ।

 

पर्याप्त प्रशोधन विना नै पानी बजारमा पठाइएको पाईन्छ । अधिकांश उत्पादकहरुले प्राप्त मापदण्ड र प्रशोधन बिना नै पानी बजारमा पठाइदिदा सर्वसाधरणको जिवनमा अप्रत्यक्ष रुपमा असर पर्न जाने विज्ञहरु बताउछन् ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्