Subscribe

हगिबिस आधीँको चपेटामा नेपाली !!

प्राकृतिक प्रकोपको जोखिममा जापान !

विकासका प्रविधिले अत्यन्तै धनि देश जापान आज प्राकृतिक प्रकोपबाट भने जोखिममा परेको छ ।
प्राविधिक रूपले विश्वसामु विकसीत देश भनेर चिनिएता पनि पटक पटक प्राकृतिक प्रकोपको सिकार बन्दै आईरहेको छ जापान,

 

शक्तिशाली सामुद्री आधीँ हगिबिसका कारण जापानमा ज्यान गुमाउनेको संख्या बढ्दो छ ।
६० वर्ष यताकै शक्तिशाली आधीँले जापानका नागरीकहरुको जनजिवन निकै प्रभावित बनेको छ । त्यस क्षेत्रमा उद्धारका लागी हजारौ संख्यामा सैनिक तथा उद्धारकर्मि परीचालन गरेको जापानी सरकारले बताएको छ ।

 

उच्च शिक्षा तथा स्वरोजगारका लागी केही समय यता जापान जाने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ । जसमा हाल आएको आधीँको चपेटामा पर्ने नेपालीहरुको संख्या पनि निकै रहेको छ ।
सुन्दर भविष्यको परिकल्पना गरेर जापान जानेहरुको सपना आधीँ संगै रुमलिन्छ कि पनि भन्न सकिन्छ ।

 

आईतबार बिहान देखि भने हगिबिस आधीँको बेगमा कमि आएको कुरा विभिन्न स्रोतहरुले जनाएका छन् ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्