Subscribe

दशैंलाई बिदाई गर्दै कोजाग्रत पुर्णिमा !

दशैंको अन्त्य !

आजबाट सम्पुर्ण रुपमा औपचारीक तरीकाबाट  भएको छ ।

आश्विन प्रतिपदाबाट आज पुर्णिमाको दिनसम्म १५ दिनलाई दुर्गापक्ष पनि भन्ने गरीन्छ ।

आज कोजाग्रत पुर्णिमा आकाशमा रति पुर्णचन्द्र उदाउने र काठमाडौँको स्वयम्भु लगायतका विभिन्न ठाउँहरुमा मध्यरातमा दिप प्रज्वलन गरिन्छ ।

प्रतिपदाको दिन घटस्थापनामा जमरा उमार्नका निमित्त जम्मा गरेको माटो र जमरालाई सनातन धर्म भित्र रही विधिपुर्वक कुनै नदि या जलाशयमा विसर्जन आज कै दिन गरीन्छ ।

यस दिनको महत्व आज अर्काे पनि रहेको छ । आज कै दिन धन की देवी भगवान लक्ष्मी पृथ्वीमा भ्रमणका लागी आउनुहुन्छ ,साथै जजसले राती नसुती जागराम बसी भगवान लक्ष्मीमाताको भजन भत्ति गरेर बसेका छन् । उनिहरुलाई घनघान्य प्राप्त हुने जनविश्वास रहेको छ ।

अर्काे तर्फ हेर्ने हो भने कोजाग्रत पुर्णिमा लाई दशैंको अन्त्य र तिहारको शुभारम्भको संकेत पनि मानिन्छ ।

प्रकाशित समय १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्