Subscribe

दशैको लागी अग्रिम टिकट बुकिङ खुल्यो !

अग्रिम टिकट बुकिङ गर्नाका लागी आम सर्वसाधारणको घुईचो!

नेपालीहरुको महान चाड वडा दशैको अवसरमा आफ्नो गाउँ घर फर्कनका लागी काठमाडौको विभिन्न बस पार्क क्षेत्रमा अग्रिम टिकट बुकिङ गर्नाका लागी आम सर्वसाधारणको घुईचो लागेको छ ।

 

हामी नेपालीहरुले मनाउने चाडपर्वहरुमध्ये प्रमुख चाडको रुपमा दशै पर्व पर्दछ । विशेष गरी हिन्दु धर्मावलम्बीहरुले मान्ने यो पर्वलाई धर्म संस्कृति र परम्पराको रुपमा मनाउदै आएका छन् ।

 

 

दशै नजिकिदै जादा काठमाडौ उपत्यका बाट आ–आफ्नो घर फर्कने मानिसहरुको व्यापक घुईचो हुने गर्दछ ।

 

 

यसै कुरालाई मध्यनजर गदै नेपाल सरकार र यातायात व्यवस्था विभागले असोज ५ गते देखी अग्रिम टिकट खोल्ने निर्णय गरेको थियो ।

 

 

अग्रिम टिकट खुलेको पहिलो दिन सबै काउन्टरहरुमा निकै भिडभाड देखिएको छ ।
टिकट काट्नको लागी टाढा टाढा बाट बिहानै काउन्टरमा पुगिसकेका थिए । पहिले पहिले सरकारले टिकट खुलाउनु अगावै भाडा दर तोकेर टिकट खोल्ने व्यवस्था गर्ने गरेको भएता पनि यस पटक भने त्यस्तो खालको व्यवस्था रहेको पाईदैन ।

 

 

टिकट काट्न लाईनमा उभिदै गर्दा एक अर्कालाई ठेलाठेल गर्दै उभिरहेको दृश्य देखियो । यस्तो जनचासोको विषयलाई सरकारले पहिले नै ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ ।

 

 

यस्ता गम्भिर विषयमा हामी सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार बनौ हामी सबैको दायित्व हो ।

 

 

काठमाडौको वस पार्क क्षेत्रमा अग्रिम टिकट बुकिङका लागी सर्वसाधारणहरुको हेर्नुहोस यो भिड

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्