Subscribe

नेपाल पन्चाङ्ग निर्णायक समितिको निर्णय नै सरकारद्धारा उल्लंघन !!!

नेपाल पन्चाङ्ग निर्णायक समिति विरुद्ध प्रधानमन्त्री आफै !!!!

नेपाल पन्चाङ्ग निर्णायक समितिले केही समय अगाडी प्रेस विज्ञप्ती नै निकालेर कुनै पनि महायज्ञ र अनुष्ठानहरु गर्न नमिल्ने बताएको थियो ।

 

उक्त विज्ञप्तीमा भनिएको छ, शास्त्र अनुसार मिलाएर,  जुराएर विधि पुर्याएर गर्नुपर्ने कर्महरुमा भागवतादी  पुराण लगाउनु, लाखबत्ति वा करोडबत्ती बाल्नु, भुमिदान, तुलादान आदि महादान गर्नु, गृहारम्भ, गृहप्रवेश, वास्तुपुजा, देवता स्थापना, प्राणप्रतिष्ठा गर्नु, कहिल्ले नगएको तिर्थ जानु, कहिल्यै नगरीएको देवदेवीको दर्शन, विवाह, व्रतबन्धादि संस्कार गर्नु शास्त्र विरुद्ध हो भनिएको थियो ।
तर यस विज्ञप्ती आएको केही दिन पश्चात सिंहदरबार परिसरमा नयाँँ संसद भवनको जग शिलान्यास स्वयम प्रधानमन्त्री  ओलीले नै गर्नु भएको छ ।

 

संविधान को एउटा अङग नेपाल पन्चाङ्ग निर्णायक समिति यो समयमा पितृकर्म बाहेक अन्य देव कर्म गर्नुहुदैन भनि भन्दै गर्दा यता सरकारका प्रमुखले भवन शिलान्यास गर्नुकतिको शोभनीय हुन्छ ? ने.प.नि सं कुनै पनि धारणा बाहिर आएको छैन ।

 

ने.प.नि.स. का अध्यक्ष समेत रहनु भएका प्राध्यापक डा.रामचन्द्र गौतम भन्नु हुन्छ शुक्रअस्तमा देवकर्म गर्दा पातक लाग्छ । के यो कुरा आम सर्वसाधरण जनताको लागी मात्रै भनिएको हो ? यसरी नेपाल पंन्चाङ्ग निर्णायक समितिकिन विवादमा पर्ने काम गरिरहेको छ त ? यहि भाद्र २८ गते देखि आश्वीन ११ गते सम्म काठमाडौको गोकर्णेमा २१६ अवृति भागवत पाढ गरिने र २१ करोड बत्ति बालेर देवतालाई समर्पण गर्ने पितृमोक्ष महानुष्ठान धार्मिक कार्यक्रम गर्न हुदैन भनेर प्रेस विज्ञप्ती नै निकाल्न सक्ने पन्चाङ्ग निर्णयक समिति संसद भवन शिल्न्यास सम्बन्धमा किन केही बोल्दैन  ? कि नेपाल पंन्चाङ्ग निर्णायक समितिको काम पात्रो निकाल्ने मात्रै हो ? यस्ता कार्यहरु नियमन गर्न किन मौन बसिरहेको छ त ? आम जनतालाई किन यसरी भ्रममा राख्ने काम गरिन्छ ?
एक पक्ष पितृमोक्ष अनुष्ठान धार्मिक कार्यमा सहभागी हुन भनि व्यापक प्रचारप्रसार गरिरहने अनि नेपाल प.नि.स.यो गलत हो भन्दै प्रेस विज्ञप्ती निकाल्दै यस्ता कार्यहरुमा सहभागी नहुन अपिल गर्दछ ।

 

सरकारका प्रमुख स्वयम प्र.म ओलीले नै भवन शिलान्यास गर्दा किन चुप बसिरहेको छ त ?यस्तो दोधार कुराहरु बाहिर आउदै गर्दा ने.प.नि.स ले यस्ता भ्रमहरु चिर्न किन आफ्नो ठाउबाट पहल गरिएन ? आम जनताहरुको तर्फबाट विभिन्न दृष्टिकोणबाट प्रश्नहरु खडा भईरहेका छन् ?
यी लगायत विभिन्न किसिमका प्रश्नहरु ने.प.नि समितिको अगाडी तेर्सिएका छन् ।कि त सरकारलाई भन्न सक्ने आट रहेन ? यदि सरकारले नमानेको हो भने पनि स्पष्ट पार्नुपर्दछ ।

 

नेपाल पंन्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति निकाली सके पश्चात सम्बन्धित निकाय संग गरीएको    विशेष कुराकानी पुरा भिडियो हेर्नका लागी तलको link मा click गर्नुहोस साथै like and share पनि गर्नुहोला

समिति

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्