Subscribe

ईन्द्र जात्रा !

सांस्कृतिक धरोहरको एक महत्वपुर्ण जात्रा !

सांस्कृतिक धरोहरको एक महत्वपुर्ण जात्रा अन्तर्गत एक विशिष्ट जात्रा हो ईन्द्र जात्रा । यो जात्रालाई वर्षा र सहकालका देवता ईन्द्रको पुजा आरधना गरी मनाईने गरीन्छ ।

ईन्द्र जात्रा भाद्र शुक्ल दुवादशीका दिन बाट सुरु भई लगातार ८ दिन सम्म यो जात्रा मनाईने प्रचलन रही आएको छ । ईन्द्र जात्राक चर्चा गर्दा परापुर्व काल देखि यो जात्रा सुरु भएको हो भनने भनाईहरु रहेका छन् ।

परापुर्वक कालमा भगवान ईन्द्रले आफ्नो माताको वसुन्धरा देवीको व्रत पारम्भका लागी आवश्यक पारीजातको फुल लिन मानवरुपी रुप धारणा गरेर काठमाडौ शहरको बगैचामा आएर माली लाई सोधै नसोधी फुल टिप्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी ईन्द्र भगवानलाई सडकको बीचमा बाधेर राखेपछि दृश्य सहितको मुर्ति प्रदर्शन गरीएको लोककथन रहेको छ ।

उहाँलाई बचाउनको निमिक्त स्वर्ग लोकबाट ईन्द्र भगवानको माता स्वयम धर्तिमा आएर काठमाडौका मानिसहरुलाई मेरो छोरालाई छोडिदेउ बदलामा म कुहिरो दिन्छु भनि वाचा गरि भगवान ईन्द्रलाई बचाउनु भएको थियो ।

यति मात्रा नभई त्यस बखत भगवान ईन्द्र आफ्नो बचाउको लागी चन्द्रागिरीको दहचोक पुग्नु भएको थियो त्यसैबेला देखी उक्त चोक लाई ईन्द्रदह चोकको नामले चिनिदै आएको छ ।

विशेष गरेर नेवारी सम्प्रदाय लगायत अन्य जनसमुदायले मनाउने गरेको पाईन्छ यो जात्रा
काठमाडौ ,भक्तपुर, ललितपुर लगायतका जिल्लाहरुमा धुमधामका साथ मनाईने गरिन्छ । ईन्द्र जात्रा अरु विभिन्न जात्राहरु मध्ये छुटै महत्व बोकेको र रमाईलो जात्रा हो । यस जात्राको मुख्य कार्य नै लिङ्गो अथवा ध्वजा स्थापना गर्नाले हरेक क्षेत्रमा विजय प्राप्त हुन्छ भन्ने किम्वदन्तीहरु रहेका छन् ।

ईन्द्र जात्राको उद्धगम स्थल भनेर हनुमान ढोका दरबार क्षेत्रलाई लिने गरेता पनि यस जात्राको समापन चन्द्रागिरीको ईन्द्रदह चोकमा गरीन्छ ।

यस जात्राको बारेमा विभिन्न पुराणहरुमा विस्तृत रुपमा व्याख्या गरेको पाईन्छ । यधपी ८ दिन सम्म विभिन्न नाचगान गरी अन्त्यमा रथ यात्रा गरेर समापन गरीन्छ ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्