Subscribe

 छाब्दी बाराही मन्दिर नेपालको एक मात्र यस्तो मन्दिर हो जहाँ माछाको पुजा गरिन्छ । 

यसरी पुजा गरिन्छ छाब्दी बाराहीमा माछाको !

हाम्रो देश नेपाल मन्दिरै मन्दिरको शहरहरुले प्रख्यात रहेको छ । हामी नेपालीहरु जति पनि स्थानमा जान्छौ त्यहाँ कुनै न कुनै महत्व बोकेका मठ मन्दिरहरु देख्न सक्छौ ।

जति पनि पुण्य स्थलमा जान्छौ त्यहाँ प्राकृतिक सुन्दरताले भरिपुर्ण रहको वातावरणको अवलोकन गर्न सक्दछौ ।

नेपालका विभिन्न शक्ति पिठहरु साथै धार्मिक तिर्थस्थलहरु मध्ये छाब्दी बाराही मन्दिर पनि एक हो ।

यस छाब्दी बाराही मन्दिर अत्यन्तै रमणीय स्थलमा रहेको छ । यस स्थानमा खोला नाला प्रकृति स्वरुप कलकल बगेको सुन्दर झरना पनि यस मन्दिर परिसरमा देख्न सकिन्छ । माछा रुपी धारा पनि यस पुण्य भूमिमा रहेको छ ।

 

मन्दिर वरपर पाटी पौवा रहेका छन् । यस मन्दिर भित्र रहेको कुण्डमा अत्यन्तै सुन्दर माछाहरु छन । भक्तजनहरुलाई सजिलो होस भनि वारी पारी जानका लागी पुल निर्माण गरिएको छ ।

यस छाब्दी बाराही मन्दिर माछाको पुजा गरिने नेपालको एक मात्र मन्दिर हो । यस मन्दिर भित्र २५ फिट अग्लो माछाको आकारबाट देवी उत्पन्न भएको मुर्ति स्थापना गरिएको छ ।

यस छाब्दी बाराही मन्दिरको किंम्बदन्ती यस्तो रहेको पाइन्छ । चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यासको माताको रुपमा पुजा गर्ने गरिन्छ भनि शास्त्रमा उल्लेख भएको पाइन्छ ।
इस मन्दिरमा नेपालका शाहवंशीय सबै राजाहरुले निक्कै आस्था राखी पुजा गरेको इतिहास समेत रहेको छ ।

यहाँ नेपाल लगायत भारत बाट धार्मिक पर्यटकहरु आउने गर्दछन
यस मन्दिरमा भक्तजनहरुले आफुले मागेको बरदान पाइने आम जनविश्वास रहेको छ ।

छाब्दी बाराही मन्दिर दर्शन गर्नका लागी तलको भिडियोकाे linkमा clickगर्नुहोस ।

प्रकाशित समय ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्