Subscribe

बुधबार विशेषत कृष्ण भगवानका लागि समर्पित बार !

हामी वैदिक सनातनीहरु बार अनुसारको भगवानको पुजा आरधना गर्ने गर्दछौ । तपाँई हामी कतिपयलाई यि विषयबस्तुबारे जानकारी नहुन पनि सक्छ ।

बुधबार बुध ग्रहको लागि समर्पित बार  हो  भने  विशेषत कृष्ण भगवानका लागि पनि समर्पित बार नै बुधबार हो ।

बुधबार भगवान कृष्णको पुजा गरिन्छ । यस दिन कृष्ण भगवानको ब्रत बस्नेले समग्रमा पुजा गर्दा तुलसिको पात,मखन,दही र घ्यु चढाउन आवश्यक छ । ब्रत बस्दा दिउसो एक पटक दुध बाट बनेको परिकार खानु पर्दछ ।

कुनै पनि नयाँ कार्य को शुभारम्भ गर्दा बुधबार अति नै शुभ मानिन्छ ।यस दिन ब्रत बस्नाले आफुले चाहेको फल पाउने विश्वास रही आएको छ ।

 

प्रकाशित समय ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्