Subscribe

भारतमा ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए, १९९ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७१५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यस्तै थप १९९ संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १ करोड १६ लाख ८६ हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै, १ लाख ६० हजार १६६ जनाको मृत्यु भइसकेको छ ।

 

 

पछिल्लो केही दिनयता भारतमा संक्रमणको दर बढ्दै गएको छ । मंगलबार बिहानसम्म भारतमा ३ लाख ४५ हजार ३७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्