Subscribe

आकर्षक तलबसहित दुबईमा रोजगारीको अवसर, एक सय कामदारको माग

काठमाडौं, दुबईको एक कम्पनीले एक सय नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको यस्पार्क सर्भिस कम्पनीले १०० नेपाली पुरुष कामदारको माग गरेको हो ।

 

 

 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ५९ हजार माथि रहेको छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।

 

 

 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

 

 

जान चाहने इच्छुक कामदारले अल जराफा ह्यूमन रिसोर्स कन्सल्टेन्ट प्रा.लिको कार्यालय सिनामंगल काठमाडौंमा चैत्र २२ गते अन्तरवार्ता दिनु पर्ने छ ।

 

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्