Subscribe

मन्दिरको जीर्णेाद्धारका लागि स्थानीयले गरे श्रम दान

भुकम्पका कारण क्षति पुगेको भक्तपुरको पाँच तले मन्दिरको जीर्णेाद्धारका लागि स्थानीयले श्रम दान गरेका छन् ।

 

 

 

 

विक्रम संवत २०७२ सालको महाभुकम्पका कारण क्षति पुगेको मन्दिरको जीर्णेद्धारको काम भइरहेको छ । विश्वमा नै ऐतिहासिक रुपमा रहेका पाँच तले मन्दिरको संरक्षणका लागि कोरोनाको त्रासकै बीचमा पनि भक्तपुर जिल्ला तथा भक्तपुर नगरपालिकाका स्थानीय बासिन्दाले निकै उत्साहका साथ श्रमदान गरिरहेकाछन् । मन्दिरको पुनर्निमाणको काम २०७६ कार्तिक २० गतेबाट सुरु गरिएको हो ।

 

 

 

 

 

 

भक्तपुर नगरपालिकाको पहलमा पाँच तले मन्दिरको संरक्षणको काम भइरहेको पाँच तले मन्दिर संरक्षण समितिका अध्यक्ष केशव तमखुले बताउनुभयो । कोरोनाका कारण लकडाउन सुरु भएपछि चैत्र ११ गतेदेखि वैशाख ५ गतेसम्म काम रोकिएपनि लकडाउन खुल्ने सम्भावना नदेखिएपछि नगरपालिका तथा स्थानीय प्रशासनसँग छलफल गरी वैशाख ६ गतेबाट पुन जीर्णेाद्धारको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । माथिबाट ५ औँ तल्ला तथा तलबाट पहिलो तल्लाको काम असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

 

 

 

 

सांस्कृतिक सम्पदाको निर्माण तथा संरक्षणमा भक्तपुरका स्थानीयले श्रमदान गर्नु परम्परा जस्तै रहेको उहाँको भनाई छ । उहाँले पाँच तले मन्दिरको जिर्णोद्धारको काम भइरहँदा हालसम्म ४५ वटा समूहले निशुल्क रुपमा श्रमदान गरेको जानकारी दिदै जनश्रमदान सम्पदा संरक्षणमा कोशेढुंगा नै मान्नुपर्ने बताउनुभयो । यसले सम्पदा संरक्षणमा जिम्मेवारी बोध गराउने उहाँको भनाई छ ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्