Subscribe

सलह किराबाट धानको बिउँ जोगाउन किसानसँग आग्रह

देशभर हालसम्म २२ प्रतिशत धान रोपाई सकिएको नेपाल कृषि अनुसन्धान परिषदले जानकारी दिएको छ ।

 

 

 

 

सोमबार १७ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि अनुसन्धान परिषद्ले काठमाडौको खुमलटारमा आयोजना गरेको कार्यक्रममा देशभर हालसम्म २२ प्रतिशत धान रोपाई सकिएको जानकारी दिएको हो । यसवर्ष समयमा नै मनसुन सुरु भएकाले विगत वर्षको तुलनामा उत्साहजनक रुपमा रोपाई भएको परिषदका मुख्य वैज्ञानिक तथा निर्देशक हरिकृष्ण उप्रेती बताउनुभयो ।

 

 

 

 

 

त्यस्तै मौसम अनुकुल भए यस वर्ष १५ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको उहाँको भनाई छ । हालसम्म नेपालको उच्च पहाडी क्षेत्रमा ४० प्रतिशत रोपाइँ सकिएको तथा मध्य पहाडी क्षेत्रमा सुरुवात भएको र तराईमा रोपाइँको मुख्य सिजन अब सुरु भएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले धान रोपाइँको समयमा नेपालमा सलह किरा प्रवेश गरेको भन्दै सलह किराबाट धानको बिउँ जोगाउन किसानसँग आग्रह गर्नुभएको छ

 

 

 

 

 

मानो रोपेर मुरी उब्जाउने महिनाका रुपका लिइने असार १५ का दिन नेपालभर धान दिवस, रोपाइँ महोत्सव आदि नामले मनाउने गरिन्छ । नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । नेपाललाई कृषि प्रधान देश भनिए पनि अर्बौ अर्ब रुपैयाँको धान अयात हुने गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३१ अर्बको चामल आयात गरिसकेको सरकारी तथ्यांक छ ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्