Subscribe

नेकपा (माले) का महासचिव सीपी मैनालीको गाडि दुर्घटना

नेकपा (माले) का महासचिव सीपी मैनालीको परिवार नै दुर्घटनामा परेको छ। महोत्तरीको रातु खोला पुलमा भएको  दुर्घटनामा मैनालीसहित उनका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन्।

 

घाइतेमध्ये मैनाली र बुहारी पूजाको अवस्था गम्भीर छ। मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ प्रहरीले जानकारी दिएको छ। झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवास नगरपालिका-३ मा ठोक्किएको हो ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिए। मैनालीको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको हो।

प्रकाशित समय १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्