Subscribe

जाडोयाममा यस्ता छन् रायोको साग खानुका फाइदाहरु

अहिले जाडो महिना सुरु हुन लागेको छ । दिउसो न्यानो घाम लागे पनि बिहान र साझ भने चिसो बढ्न ालेको छ । जाडो महिनाको सुरुवात भए पछि हामीले विशेषत खानपानमा बिषेश ध्यान दिनु पर्छ । किनभने कतिपय खानेकुराहरु जाडो मौसममा खानाले शरीरलाई हानी नोक्सानी गर्न सक्छन् ।

 

 

 

 

 

 

जाडो मौसममा त्यस्ता खानेकुरा खानुपर्छ जसले हाम्रो शरीरलाई ताप प्रदान गर्छन् । त्यस्तै जाडो मौसमका लागि अत्ति उपयोगि तरकारी हो रायोको साग । रायोको सागसँग जो कोही परिचित हुन्छन् । रायोको साग हरेक सिजनमा सजिलै उपलब्ध हुन्छ । यो सजिलै भान्सामा पाईने तरकारी हो र पकाउन पनि त्यति झनझटिलो हुदैन ।

 

 

 

 

 

साग नरुचाउँने व्यत्ति पनि बिरलै होलान् । यो साग धेरैलाई मन पर्छ र यो खानुका पनि धेरै फाइदाहरु रहेका छन् । साग खाँदा भिटामिन ए पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै कुरा हो । यो मौसममा रायोको साग जताततै पाईन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त फाइदाजनक हुन्छ । रायोको साग खानुका फाइदाहरु युस प्रकार छन् ।

 

 

 

 

 

– रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, पुरानो बाथ, आदिबाट बचाउँन मदत गर्दछ ।

 

– रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न अनावश्यक वस्तुलाई बाहिर निकाल्ने गर्छ ।

 

 

– रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने हरनाले यो साग गर्भवतीका लागि अत्ति उत्तम मानिन्छ ।

 

 

– जाडोमा बाथका रोगीलाई हड्डी र गोडा दुख्ने समस्या हुने भएकाले रायोको साग सेवन गर्नु पर्छ । किनभने यसमा पाइने कपरले यस्तो मस्याबाट बचाउँदछ ।

 

 

– रायोको सागमा भिटामिन सी पनि पाइने भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई पनि फाईदा पुर्याउदछ ।

 

 

– रायोको सागको नियनित सेवन गर्नाले पिसाबनलीमा हुने पत्थरीलाई र क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

 

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्