Subscribe

स्वास्थ्य खानपानका लागी ध्यान दिनु पर्ने यि १० कुराहरु

खाना नै शरीरको सम्पूर्ण उर्जा र प्राणको मुख्य स्रोत हो ।नेपालि समाजमा एउटा भनाई नै छ नि हामी जस्तो खान्छौं त्यस्तै हुन्छौं । खराब खानपानले रोगी हुन्छौं, सही खानपानले निरोगी एवं तन्दुरुस्त । यो सामान्य ज्ञान सबैमा छ । शरीर एवं स्वास्थ्यका लागि खाना अनिवार्य छ । तर, कस्तो खाना रु कति खाना रु यो प्रश्न पनि साथसाथै जोडिएर आउँछ । शरीरिक स्वास्थ्यका लागि खनपानका यि १० कुराहरु यस प्रकारका छन् ।

 

 

१.हाम्रो भान्सामा पाक्ने परम्परागत खानपान नै सम्पूर्ण पोषणको स्रोत हुन् । पितापूर्खाले जस्तो खानेकुरा खाँदै आए, त्यही खानालाई निरन्तरता दिनुपर्छ । आयतित खानेकुरामा जोड दिने भन्दा पनि आफ्नो नियमित खानपानलाई प्राथमिकता दिनु जरुरी छ । जस्तो, दाल, भात, तरकारी, अचार आदि । यसमा दुध, दही, मोही, बेलाबखत माछामासु पनि सामेल गर्ने।

 

 

२.हाम्रो आफ्नै परम्परागत खानपान शैली छ । जस्तो कि, पलेँटी मारेर बस्ने, हातले खाने । अहिले धेरैले यस्तो शैली छाड्दै गएका छन् । जबकी हाम्रो परम्परागत खानपान शैलीले पाचन प्रणाली चुस्ता राख्न समेत मद्दत गर्छ ।

 

 

 

३.अहिले धेरैजसो मोवाइल चलाउँदै खाना खान्छन्, टेलिभिजन हेर्दै खाना खान्छन् । वा खाना खाइरहँदा अन्यत्र ध्यान दिइरहेका हुन्छन् । त्यही कारण खाफुले खाएको खाना कस्तो थियो, कति खाइयो भन्ने पनि हेक्का हुन छाडेको छ । यस्तो खानपान शैली सही होइन । खाना खाइरहँदा सम्पूर्ण ध्यान खानामा केन्द्रित गर्नुपर्छ । हरेक गाँसमा स्वाद लिएर खानुपर्छ । अर्थात खानाबाट पनि भरपुर आनन्द लिन जरुरी छ ।

 

 

४.हामीमध्ये धेरैजसोले मन लागेको बखत वा मुड चलेपछि मात्र खाना खाने गर्छन् । कामको चक्करमा कतिपयले खाना खाने फुर्सद निकाल्दैनन् । कतिबेला खाने भन्ने कुराको कुनै निश्चित टुंगो हुँदैन । यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । खाना खानका लागि एक निश्चित समय तालिका तय गर्नु जरुरी छ । बिहान, दिउँसो, साँझ एउटै समयमा खाना खाने गर्नुपर्छ ।

 

 

 

५. कतिपय अवस्थामा बाध्यता वा हाम्रो प्रवृत्ति यस्तो छ कि, एकै पटक भरपेट खाना खाने । यसले पाचन प्रणालीमा नराम्रो असर गर्छ । त्यसैले थोरै थोरै तर पटक पटक खानु उपयुक्त हुन्छ ।

 

 

 

६.अहिले हामी बजारमुखी भएका छौं । धेरैका निम्ति यो बाध्यता पनि छ । यद्यपि बजारसम्म आइपुग्ने खानेकुराको शुद्धतामाथि सधै प्रश्न उठ्ने गर्छ । आफ्नो स्वास्थ्यको संवेदनशिलतालाई बुझेर विषादीयुक्त खानेकुरा सेवन नगरौं । सकेसम्म जैविक खानेकुरा खाऔं । आफ्नै बारी, करेसाबारी, बार्दली आदिमा उब्जनी गरेर भएपनि ताजा र जैविक सागसब्जी सेवन गरौं ।

 

 

७. धेरैजसो खानेकुरा यस्ता हुन्छन्, जसलाई काँचै खान सकिन्छ । जस्तो कांक्रो, गाँजर, मुला, गोलभेडा । त्यसैगरी कतिपय सागपात, काउली, बन्दा आदि पनि काँचै खान सकिन्छ । जुन खानेकुरा पकाउन आवश्यक हुँदैन, त्यस्ता खानेकुरा आफ्नो छाकमा सामेल गरौं । जस्तो, सलाद, फलफूल आदि ।

 

 

८.हामीमध्ये कतिपय घरभन्दा बाहिर खानेकुरा खाने गर्छन् । कार्यव्यस्तताको कारण पनि कतिले आफ्नो भान्सामा पाकेको खानेकुरा खान पाउँदैनन् । यद्यपि घरमा पकाइएको खानेकुरा जस्तो शुद्ध, ताजा खानेकुरा अन्यत्र पाउन गाह्रो हुन्छ । त्यसैले जति संभव हुन्छ, आफ्नै भान्सामा पाकेको खानेकुरा सेवन गरौं ।

 

 

९.हामी स्वादको चक्करमा लागेर बेमौसमी खानेकुरामा जोड दिन्छौं । यद्यपि हाम्रो शरीरका लागि त्यही खानेकुरा उपयुक्त हुन्छ, जुन मौसम अनुकुल हुन्छ । मौसम अनुसार उब्जनी हुने वा फल्ने÷पाक्ने खानेकुराबाट हाम्रो शरीरले आवश्यक पोषक तत्व प्राप्त गर्छ । त्यसैले मौसम अनुसारको खानेकुरा रोजौं ।

 

 

१०.हामी सम्पूर्ण रुपमा आफै उत्पादन गरेर खानेकुरा खान सक्दैनौं । कतिपय खानेकुराको लागि बजारमा निर्भर हुनुपर्छ । यद्यपि बजारबाट खानेकुरा खरिद गरिरहँदा त्यसको शुद्धता, गुणस्तर, उत्पादन मिति आदिमा ध्यान दिनैपर्छ । यदि बजारबाट खरिद गरेर ल्याएका सागसब्जीहरुमा विषादिको प्रयोग धेरै हुने हुदा १ घण्टा पानिमा भिजाएर अथवा डुुबाएर मात्रै सेवन गर्ने गरौ ।

 

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्