Subscribe

स्वास्थ्यमन्त्रीको जवाफ- मृत्युपछि किन पीसीआर परिक्षण गरिन्छ ?

काठमाडौं।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण सम्भावितको मृत्यु भएमा अनिवार्य पीसीआर विधिबाट परिक्षण गरिने बताउनुभएको छ ।

 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेका प्रश्नको जवाफ दिँँदै मन्त्री ढकालले जुनसुकै कारणले मान्छेको मृत्यु भएपनि मृतकको शरीरमा कोरना भाइरसको संक्रमण रहेछ भने उसको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने प्रयोजनका लागि तथा शब व्यवस्थापनमा सावधानी अपनाउनका लागि पनि मृत्यु पश्चात कोरोना टेष्ट गर्नुपर्ने अवस्था रहेको मन्त्री ढकालले बताउनुभयो। मन्त्री ढकालले हालसम्म २ लाख ५७ हजार ९ सय ६२ जनाको कोरोना स्वास्थ्य परीक्षण गरिएकोमा १ लाख ९ सय ७१ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको जानकारी दिनुभयो।

 

 

आरडीटी विधिलाई विश्व स्वास्थ्य संगठनले प्रतिवन्ध नलगाएको बताउँदै उहाँले क्वारेन्टिनमा बसेको मान्छको कोरोना प्रतिरोधात्मक क्षमता छ कि छैन भन्न कुरा पनि आरडीटी परीक्षण विधिबाट थाहा हुने बताउनुभयो ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्