Subscribe

के हो शिलाजित?शिलाजित सेवन गर्दा अपनाउनु पर्ने सावधानिहरु

गर्मीमा सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिन्छ, त्यही शिलाजित हो । आर्युवेदमा शिलाजितलाई एक रसायन मानिएको छ । यसलाई सदियौंदेखि रोग निको पार्न प्रयोग गरिंदै आएको छ । शिलाजितलाई ‘पत्थरको पसिना’ समेत मानिन्छ । शिलाजितको तिख्खर स्वाद हुन्छ र यसको गोमूत्र जस्तै बास्ना हुन्छ |

 


प्राचीन वैदिक ग्रन्थहरुमा समेत उल्लेख गरिएको शिलाजित मध्यएशियाका पहाडहरूमा पाइन्छ । यसको स्वाद नुनिलो र टर्रो हुने गर्दछ । शिलाजित कालो र सेतो गरी दुई किसिमका हुने यसलाई स्थानीयहरुले माउ र पुरुष भन्ने गरेको पनि पाइन्छ । भीर पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बन्ने गर्दछ ।

 

शिलाजितको औषधीय मात्रा २ सय ५० मिलीग्रामदेखि १ ग्रामसम्म हो । सटिक खुराकले व्यक्तिलाई स्वास्थ्य राख्छ, पाचन शक्ति बढाउँछ र केहि रोग निर्मूल गर्छ ।

 

– शिलाजित दुध वा महसँग मिसाएर पिउनुपर्छ ।

 

– शिलाजित खाली पेटमा विहान पिउनु पर्छ ।

 

शिलाजित स्वास्थ्यका लागि एकदमै लाभदायक हो । तर, यसको उचित प्रयोग गर्न सके मात्र प्रभावकारी काम गर्छ । शिलाजित सेवन गर्दा निकै सावधानी पनि अपनाउनु पर्छ ।

 

– शिलाजित सेवन गरेको समयमा जलन हुने खालको भोजन गर्नु हुँदैन । साथै धेरै खानेकुरा समेत खानु हुँदैन ।

– शिलाजित त्यस व्यक्तिले गर्नु हुँदैन, जसको यूरिक एसिड बढेको छ ।

– शिलाजित धेरै सेवन गर्नु हानीकारक हुन्छ । यसले एलर्जी हुन्छ ।

– गर्भावस्थामा शिलाजित सेवन गर्नु हुँदैन ।

नेपाल लगायतका भारतका बजारमा शिलाजितको माग भएपनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित त्यत्तिकै खेर गइरहेको यहाँका सथानीयबासीको भनाई छ । नेपालका बजारमा शिलाजित प्रति दशग्राम शिलाजित रु १ सय देखि २ सय ५० सम्ममा बिक्री हुन्छ ।

 

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्