Subscribe

यस्ता छन् अनार खानुका फाईदाहरु

Pomegranate Juice

अनार प्राय सबैलाई मन पर्ने फल हो । मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन खान रुचाउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरामीहरुलाई अनार बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा असक्त तथा बिरामीहरुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ ।

 

अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ ।
१. नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।

२.अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

३.अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।

४. अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।

५.अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

६. अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।

७. अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ ।

८. गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।

९.बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।

१०. अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ ।

अनारको पातको पनि फाइदा हुने अध्ययनले पत्ता लगाइसकेका छन् । एक नया रिसर्चका अनुसार अनारले मात्र नभई अनारको हरियो पात पनि फाइदाजनक मानिन्छ ।अनारको हरियो पातको पेस्ट लगाउनाले अनुहार स्वस्थ देखिन्छ । आउनुहोस जानौं अनारको हरियो पत्ताले हामीलाई कसरी फाइदा दिने गर्छ ।

 

तपाई आफनो अनुहारमा आएको डन्डिफोरले दुखित हुनुहुन्छ भने अनारको हरियो पत्ताको पेस्ट लगाउनाले यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यस बाहेक अनारको दानालाई मसिनो गरि पिधेर अनुहारमा लगाउन सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अनुहार सफा र चम्कीलो हुन जान्छ ।

 

अनारले अनुहारको छालामा रहेका स साना कोषहरुलाई बचाइ राख्न मद्धत गर्छ । जसले तपाई सधै युवा देखिन सक्नुहुन्छ । अनारको तेलले अनुहारलाई पौष्टिकता प्रदान गरेर अनुहारमा चमक ल्याउछ ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्