Subscribe

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

 

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको बस दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

 

‘‘भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । अरूको पुष्टि भइसकेको छैन । घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उडिसकेको छ,” उनले बाह्रखरीसँग भने ।

उनका अनुसार मृतकको सनाखत भएको छैन । दुर्घटनामा केही यात्री घाइते भएका छन् ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्