Subscribe

मालवाहक सवारीसाधन द्धारा ओभरलोड सामाग्री बोकेमा तत्कालै सामान झारिने

काठमाडौं । सरकारले मालबाहक सवारी साधनमा बोकिने सामानमा कडाई गर्ने भएको छ । अबदेखि मालवाहक सवारीसाधनले ओभरलोड सामाग्री बोकेमा तत्कालै सामान झार्नुका साथै कारबाही हुने भएको छ । यातायात व्यवस्था विभागले एक सुचना जारी गरेर १५ चैत्रपछि सवारीसाधनहरुले तोकिएको भन्दा बढी भार बोकेको भेटिए तत्कालै सामान झारिने चेतावनी दिएको छ ।

 

 

 

 

 

विभागका अनुसार ती सवारी साधनले तोकिए अनुसार जरीवाना समेत तिर्नुपर्ने छ । विभागले सडक संरचना संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असरहरुलाइ न्यूनीकरण गर्न मालवाहक सवारीको भारवहन नियमन सम्वन्धी निर्देशिका २०७४ को कार्यान्वयनमा कडाई गर्न लागेको हो ।उक्त निर्देशिका बमोजिम मालवाहक सवारीसाधनहरुले तोकिएको मापदण्ड बमोजिम मात्र भार ओसार पसार गर्न पाउने उल्लेख छ । विभागले मुख्य सडकहरुमा तौल पुल निर्माण गरी सवारीसाधनको भारवहन नियमन र नियन्त्रण गर्दै आएको छ । चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल सञ्चालनमा छ ।

 

 

 

 

 

विभागले १५ चैतपछि सवारी साधनहरुले तोकिए भन्दा बढी भार बोकी सडकमा सञ्चालन गरिउको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने तथा त्यसबाट उत्पन्न हुने सबै किसिमको परिस्थिति वा नोक्सानीको व्यवसायी स्वयं जिम्मेवार हुने र नियमानुसारको जरिवाना गरिने जनाएको छ ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्