Subscribe

नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ, पछिल्लो २ महिना यताकै महँगो !

लगातार बढ्दै आएको सुनको भाउमा आज पनि वृद्धि भएको छ । पछिल्लो केहि दिन यता ह्वात्तै बढेको सुनको मूल्यमा आज पनि ३ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार सोमबारको तुलनामा १ हजार १ सयले बढेको सुनको मूल्य आज बुधबार पनि ३ सय रुपैयाँले बढेको हो ।

 

 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाले बढेको छ । जससँगै तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय कायम भएको छ ।

बुधबारको सुनको मूल्य करिब २ महिना यताकै महँगो हो । गत कार्तिक २४ गते सुन ९८ हजार २ सयमा कारोबार भएपश्चात सुनको मूल्य आजको विन्दु सम्म पुगेको थिएन । यस हप्ता मात्र सुनको मूल्य तोलामा २ हजार २ सय रुपैंयाले बढीसकेको छ ।

 

 

त्यस्तै, बुधबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपोयाँले वृद्धि भएर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्