Subscribe

श्रीनगर बजार एक हप्ता शिल

स्यानीय एक ब्यक्तीको कोरोना संक्रमणका कारण मृत्यू भयपछि श्रीनगर बजार एक हप्ता शिल सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर एक साताको लागी बन्द गरिएको छ ।

 

 

 

 

स्थानिय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शारदा नगरपालिका १ श्रीनगर बजार एक साताका लागी बन्द गरिएको हो । शारदा नगरपालिका वडा नम्बर १ का एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यू भएको पुष्टि भएको, श्रीनगर कै एक कोरोना संक्रमित ब्यापारीको उपचार भैरहेको र श्रीनगर वजार क्षेत्रमा कोरोना लक्षण सहितका केही नागरिकहरु पनि बिरामी भएको जानकारी आएकाले एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले आज एक बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

 

 

 

 

 

 

आज देखी कात्तिक २९ गते सम्म शान्तिनगर, श्रीनगर, शितलपाटी देखी बेलघारीसम्म बन्द गरिएको वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँले अत्याबश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

 

 

प्रकाशित समय १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्