Subscribe

सल्यानमा जीप दुर्घटना , ३ जनाको मृत्यु

सल्यानमा शनिवार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

 

 

दाँगको तुल्सीपुर बाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको डबलक्याप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

 

 

 

दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

 

 

 

गाडीमा सवार अन्य ५ जना भने सकुशल रहेको उहाँले बताउनु भयो । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्