सुनको मुल्यमा वृद्धि,कति पुग्यो तोलाको ?

आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा पुगेको छ। मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतितोला १ हजार ८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित समय १३:१३ बजे