भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे विषेश विमानबाट काठमाडौं आइपुगेका छन्। उनी मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। पत्नीसहित काठमाडौं आएका उनलाई सिधैं सोल्टी होटेल लगिएको छ। तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ। उनी आउँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। सडक किनारामा मानिसलाई उभिनसमेत सुरक्षाकर्मीले दिएका थिएनन्।