Subscribe

आज थप ३ हजार ७४९ जनामा कोरोना संक्रमणको पुष्टि, थप १९ जनाको मृत्यु

नेपालमा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९३४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ६९२ भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

 

 

 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

 

 

 

त्यस्तै बिहिबार थप ३ हजार ५६४ जना डिष्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

 

 

त्यस्तै हाल होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १२ हजार ३३९ जना रहेकाछन् भने क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् ।

 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५९८ पीसीआर परीक्षण गरिएको छ । हालसम्म १२ लाख ३७ हजार ६३६ पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

 

 

भएको छ । मृत्यु हुनेको संंख्या ६ सय ९४ पुगेको छ ।

 

 

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्