Subscribe

घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

 आज सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघले आजका लागि सुनको मुल्य ९५ हजार १०० रुपैयाँ तोकेको छ । सोमबार भने सुनको मुल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ रहेको थियो । यसैगरि आज तेजावी सुनको मुल्य रु। ९४ हजार ६०० रहेको थियो ।

 

 

यस्तै, आज चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १२४५ रहेकोमा आज घटेर १२२५ रुपैयाँमा सिमित भएको छ ।

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्