Subscribe

ढोका नखोल्दा भक्तजनहरुले बाहिरैबाट गरे पूजा

आज साउन महिनाको दोस्रो सोमबार, भगवान शिवको पूजाआजा गरि हिन्दुधर्मालम्बीहरुले मनाएका छन् ।

 

 

 

 

 

 

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरेका छन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउनको सोमबार भएपनि पशुपतिनाथको ढोका नखोल्दा भक्तजनहरुले बाहिरैबाट पूजाआजा गरेका    छन् ।

 

 

 

 

 

साउन महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुशी हुने र मनोकांक्षा पुरा हुने बताइन्छ । ब्रतालुहरुले आफ्नो मनोकांक्षा पुरा होस भन्ने कामनाले भगवान शिवको पुजा आरचना गरेको बताएका छन् ।

 

 

 

 

 

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्