Subscribe

सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला रू १ हजार २०० बढेर उच्च विन्दुमा पुगेको छ ।

 

 

 

 

 

 

सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९७ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला रू ९७ हजार ६० मा कारोबार भइरहेको छ । सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी हो ।

 

 

 

 

 

 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा रू ५५ बढेर प्रतितोला रू १ हजार २१० मा कारोबार भइरहेको छ ।

 

 

 

 

 

 

 

सोमवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अमेरिका र चीनका बीचको व्यापार सम्बन्ध चिसो बनेसँगै सुनको मूल्य पनि बढ्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा सोमवार सुनको मूल्य १ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ९२० दशमलव ९ डलर पुगेको छ।

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्