Subscribe

महासंघमा विधि विधानको पालना हुन छोडेको आरोप

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ नेतृत्व विहिन बनेको र विधिविधानको परिपालना हुन छोडेको आरोप लगाएका छन् ।

 

 

 

 

 

 

 

साउन २६ र २७ साधारणसभा र निर्वाचन महासंघको पदाधिकारीको बैठकले स्थगीत गर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले चर्को असन्तुष्टि व्यक्त गर्दै महासंघमा विधि विधानको पालना हुन छोडेको आरोप लगाउनु भएको हो ।

 

 

 

 

 

 

 

जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता रहेको आवाज उठाउदा पदमा पुग्न हतार गरेको आरोप लगाउने काम भएको उहाले बताउनुभयो । ढकालले महासंघको केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्ने विषय हतारहतार पदाधिकारी बैठकले गरिएको भन्दै त्यसमा आफ्नो फरक मत रहेको पनि धारणा राख्नुभयो ।

 

 

 

 

 

 

 

 

आफू अहिले पनि उपाध्यक्ष रहेकोले चैतमा निर्वाचन भए पनि आफूले निभाउने भूमिकामा धेरै फरक नपर्ने स्पष्ट पार्नुभयो ।

 

 

 

 

 

 

यसअघि बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिम देखाउदै साउन २६ र २७ गतेका लागि प्रस्तावित ५४ औँ साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्