Subscribe

अबको पाँच दिन देशभर वर्षा हुने सम्भावना

आइतबार काठमाडौं लगाएत देशभर बर्षा भएको छ ।

 

 

 

 

 

 

अबको पाँच दिन देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन अनुरोध गरेको छ ।

 

 

 

 

 

 

 

पाँच दिन पहाडी भू भागका स साना नदी नालामा समेत आकस्मिक बहाव बढ्ने सम्भावना भएकाले जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन भनेको छ । यसवर्ष मनसुन शुरु भएयता ठुलो जनधनको क्षति भइसकेको छ ।

प्रकाशित समय १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्