Subscribe

गाभिए प्रभु क्यापिटल र समृद्धि क्यापिटल

प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिएर सोमबारबाट एकिकृत कारोबार सुरु गरेका छन् ।

 

 

 

 

 

 

मर्चेन्ट बैंकरको रुपका कार्यरत दुई संस्था गाभिएपछि नाम प्रभु क्यापिटल नै राखिएको छ । मर्जरपछि कम्पनीको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८१.७१ करोड भएको छ । आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पनि पूँजीबजारमा आफ्नो दरिलो स्थान बनाउने ढुङ्गानाले बताउनुभयो । एकिकृत कारोबारको उद्घाटन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले प्रभु क्यापिटलले गुणस्तरीय सेवाप्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

 

 

 

 

 

 

 

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताउनुभयो ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्