Subscribe

गृहसचिव महेश्वर न्यौपानेद्वारा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान

गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

 

 

 

 

 

 

 

यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण अवकाश लिनुभएकाले सरकारले उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । गृह मन्त्रालयमा बिहीबार आयोजित एक सामारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

 

 

 

पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उहाँले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिनुभयो ।प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले प्रहरीमा नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेका उहाँले बताउनुभयो ।

 

 

 

 

 

 

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीयले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कानूनले तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निभाउने विश्वास दिलाउनुभयो ।

 

 

 

 

 

 

 

उहाँले जीवनमै नसिकेको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताउनुभयो । प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्याउनेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

 

 

 

 

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्