Subscribe

पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने भन्दै प्रदर्शन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने भन्दै पार्टी मुख्यालय धुम्वाराहीमा प्रदर्शन गरेका छन् ।

बिधान र बिधिभित्र पार्टी एकता खोज्नुपर्ने भन्दै उनीहरुले प्लेकार्डसहितको शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी केन्द्रीय सदस्यहरुले बिधान र बिधिभित्र पार्टी एकता खोज्नुपर्ने , पार्टी सर्वोपरि पार्टीको निर्णय सवैले पालना गर्नुपर्ने लगाएत प्लेकार्ड प्रदर्शन गरेका थिए । पार्टी विभाजन र फुट होइन, सुदृढ एकता कार्यकर्ता र जनताको चाहना भएकाले शिर्ष नेताहरु सहमतिबाटै अघि बढ्नुपर्ने भन्दै पार्टी कार्यालयमा भेला भएको नेकपाा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

शीर्ष नेताबीच विवाद कायम रहेका बेला नेकपाका दोस्रो तहका नेताले समेत सहमतिको खोजीका लागि सक्रियता देखाएका हुन् । सहमतिका लागि नेकपाको शिर्षनेताहरुबीच पनि निरन्तर छलफल भइरहेको छ ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्