Subscribe

न्युज २४ टेलिभिजनका पत्रकारको मृत्यु

रुपन्देहीमा शनिबार राति भएको सवारी दुर्घटनामा परि पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ।

 

 

न्युज २४ टेलिभिजनका रुपन्देही संवाददाता ३० वर्षीय पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा ज्यान गएको प्रहरीले जनाएको छ।

 

 

स्थानीय घर स्याङ्जाको बिर्घा भएका पत्रकार पाण्डे बुटवलमा बस्दै आएका थिए। राति आफ्नो घर जाने क्रममा बुटवल भैरहवा सडकखण्डको सडकमा कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

 

 

 

प्रहरीका अनुसार सडक छेउमा रहेको फलामे बारमा ठोक्किएर कार दुर्घटना भएको हो।

प्रकाशित समय ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्