Subscribe

नेपालमा थप ३२३ जना कोरोना संक्रमण पुष्टि

शनिबार मात्रै मुलुकभर ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न क्षेत्रमा गरिएको परिक्षणका क्रममा ३२३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष रहेका छन् । नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको केही दिनपछि होम आइसोलेसनमा राखिएको थियो । उनको होम आइसोलेसनमै जेठ २० गते मृत्यु भएको थियो । मृतकको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कोरोना परीक्षणका लागि पठाइएको थियो । जसमा शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

 

 

त्यस्तै धनगढी चारकी ५५ बर्षिया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । अहिलेसम्म कोरोनाका कारण १३ जनाको मृत्यु भएको उहाले बताउनुभयो ।

 

 

अहिलसस्म्म मुलुकभर पिसिआर बिधिबाट ९२४७७ र १,३७४३५ जनाको आरडिटि बिधिबाट परिक्षण गरिएको छ । मुलुकभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् भने आइशोलेशनमा २८५७ संक्रमित छन् । अहिलेसम्म ३६५ जना निको भएर डिष्चार्ज भएका छन् ।

 

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्