कपिलवस्तुमा ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३७५ पुग्यो

कपिलवस्तु र सुनसरीमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार जना र सुनसरीको इटहरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।
मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तुमा संक्रमित हुनेमा २०, ४०, ४२ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु चार जना भारतको मुम्बईबाट आएका हुन् । त्यस्तै इहटरीमा १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रकाशित समय ११:२१ बजे