Subscribe

कुमाख गाउँपालिकाद्धारा ४ सय अति विपन्न परिवारलाई राहत बितरण

सल्यान, उत्तर कुमार साहु |सल्यानको कुमाख गाउँपालिकाले अति विपन्न ४ सय परिवारलाई राहत वितरण गरेको छ ।

 

 

कोरोना भाइरसको संक्रमण रोक्न भन्दै विगत एक महिनादेखि जारी लकडाउनका कारण दैनिक जीविकोपार्जनबाट प्रभावित समुदायलाई गाउँपालिकाले राहत वितरण गरेको हो । जस अन्तर्गत राहत वितरणको पहिलो चरणमा गाउँपालिकाका सात वटै वडामा राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

गाउँपालिकाका अनुसार वडा नम्बर १ मा ४७ घरपरिवार, वडा नम्बर २ मा ४८, वडा नम्बर ३ मा ६९, वडा नम्बर ४ मा ६७, वडा नम्बर ५ मा ६१, वडा नम्बर ६ मा ५९ र वडा नम्वर ७ मा ४९ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

 

 

गाउँपालिकाका सबै वडामा पुगेर राहत स्वरुप चामल, दाल, तेल, लगाएतका दैनिक उपभोग्य खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिनुभयो । राहत पाउनबाट छुटेका विपन्न परिवारलाई दोस्रो चरण राहत वितरण गरिने गाउपालिकाको भनाई छ ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्