Subscribe

मनमोहन मेमोरियल क्रिकेट सेन्टरद्धारा प्रेस विज्ञप्ति जारी

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रेस विज्ञप्ति जारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्ररणका कारण मनमोहन मेमोरियल क्रिकेट यु १९ प्रतियोगिताका सबै खेलकुद गतिबिधि बन्द भएका छन् ।

 

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भमा यसअघि दुई संस्करण सफलतापुर्वक सम्पन्न भइसकेको यस प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थोरै भए पनि योगदान पु¥याएको छ ।

 

त्यस्तै मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश नम्बर एकको आयोजनामा सुनसरीको इनरुवामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि सम्पन्न भइसकेको थियो । तर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) र त्यसले उत्पन्न गरेको त्रास तथा लकडाउनका कारण सम्पूर्ण खेलकुद गतिविधि लगभग ठप्प भएको सेन्टरले जनाएको छ ।

 

सेन्टरका अध्यक्ष ठाकुरप्रसाद गैरेद्धारा जारी विज्ञप्तिमा मुलकमा आइपरेको विषम परिस्थितिका कारण यस वर्ष प्रतियोगिता हुन नसके पनि आगामी वर्ष यो प्रतियोगिताले निरन्तरता पाउने विश्वास लिएको जनाइएको छ ।

प्रकाशित समय १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्