Subscribe

नारायणी अस्पताललाई सर्वसधारणको अस्पताल संचालनको माग गर्दे : :जनता समाजवादी पार्टी नेपाल

 बिरगंज :जनता समाजवादी पार्टी नेपाल , बीरगंज महानगर कार्य समितिले नारायणी अस्पताल लाई पुन: जनरल अस्पताल कायम गरि सेवा संचालन गर्नु पर्ने माग गर्दै प्रदर्शन भएको छ । बैशाख ११ गते उक्त प्रर्दशन भएको थियो । कोभिड-१९ को अस्पताल अन्यत्र राख्न मांग राख्दै समाजिक दुरीको पालना गर्दै हातमा प्लेकार्ड लिई शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

महानगर अध्यक्ष लियाकत अलीको अगुवाइमा भएको सो प्रदर्शनमा जिल्ला अध्यक्ष राजेशमान सिंह , वडा नं.३ का अध्यक्ष बैजुलाल स्वर्णकार , बोर्ड सदस्य बरकतुल नेसा , नेताहरू खैरूद्दीन मियाँ , कलाम मियाँ ठकुराई , ग्याँसुद्दीन मियाँ , इस्लाम मंसूरी , सलाउद्दीन मंसूरी, नुरेनवी ठकुराई , महानगर कोषाध्यक्ष अफरोज अालम , युवा नेताहरू एकलाख हुसेन , सईम अंसारी , जबार मंसूरी , नवरत्न श्रीवास्तव , जियाउल हक , उमेश गुप्ता , उमेश मानन्धर , एजाजुल हवारी , कलाम मंसूर लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्