Subscribe

विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल आज समाप्त

१३ फागुन । विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल आज समाप्त भएको छ । मेन्स एकलमा पुलिस क्लवका बिष्णु कट्वलले आर्मीका रुकेश महर्जन लाई २३र२१ ,२१र१० मा हरादै फाईनलमा प्रवेश गरेका छन्।

 

 

त्यसही गरि आर्मीका नवीन श्रेष्ठले आर्मीकै दिवश शंकर लाई २१र६,२१र५ मा हराउदै फाईनलमा प्रवेश गरेका छन। भेट्रान डबल्स ४५ं मोरङका िदल्ली राम डाँगी र इन्द्र योङ्गहाङ्गको जोडीले सुरेश कार्की र श्याम लामालाई २१र८,११र२१,२१र१२ हराउदै फाईनलमा प्रवेश गरेका छन् ।

 

भेट्रान डबल्स ५५ं द्य थ् ऋ खोटाङका दिपक राई र किर्तिमान राईको जोडीले श्याम लामा र बल बहादुर मगरलाई २१र८,२१र१६ हराउदै फाईनलमा प्रवेश गरेका छन् । महिला एकलमा सिमा राजवंशीले आर्मीका अनिता गिरीलाई २१र१३,२१र८ मा हराउदै फाईनलमा प्रवेश गरेका छन् ।

 

त्यसैगरी आर्मीका आनु माया राईले मोरङका निता लम्सालाई २२र२०,२१र१९ मा हराउदै फाईनलमा प्रवेश गरेका छन् ।पुरुष युगलमा आर्मीका नवीन श्रेष्ठ र सुरज महर्जनको जोडीले पेम्बा शेर्पा र प्रियन्शु सि क्षेत्री लाई २१र१३,२१र१२ हराउँदै फईनलमा प्रवेश गरेका छन् । त्यसैगरी द्यद्यब् अगिद का सुजन श्रेष्ठ र प्रनिस सिं ठकुरीको जोडीले आर्मीका पविन लिङथेप र रूकेश महर्जनलाई २१ र १९, १३ र २१, २१ र १९ मा हराउँदै फईनलमा प्रवेश गरेका छन् |

 

प्रकाशित समय २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्