Subscribe

दोलखा भिमेश्वरलाई पसिना आयो , देशमा ठूलो अनिष्ट हुने

बिहिबार बिहान  दोलखा भिमसेनलाई पसिना आएको छ । बिहान ६ बजे भिमश्वरलाई पसिना आएको समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठ ले ॐकार टेलिभिजनका संस्थापक मुकुन्द शर्मा ज्युलाई जानकारी दिनु भएको थियो ।

यस अघि २००७,२०४६ सालको राजनितिक परिर्वतन,२०६२-२०६३ को जन-आन्दोलन, दरबार हत्याकाण्ड, १९९०को भुकम्पमा, २०७२ को महा भुकम्प लगायत  अनिष्ट हुनु अघि पनि यो शिलाबाट पसिना आएको अध्यक्षले बताएका छन् ।

सुप्रसिद्ध दोलखाको भिमेश्वर मन्दिरको शिलामा १७ औ पटक पसिना आएको छ ।
शिलाको टुप्पामा पानिको थोपा देदिै बग्नु भिमेश्वरलाई आएको भन्ने गरिन्छ । अन्य समयमा यहाँ सुख्खा हुन्छ ।

 

शिलाको दाहिने भागमा पसिना आउदा  राजखान्दान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनतालाई अशुभ हुने जनविश्वास रहि आएको छ । यसरी शिलामा पसिना आउदा क्षमा पुजा गर्ने चलन छ ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्