Subscribe

भीमा एकादशी महत्व के छ ?

 

माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । महिना दुईपटक एकादशी पर्दछ कृष्ण पक्ष र शुक्ल पक्ष । एकादशीका दिन विष्णुको पुजाआरधना गरिन्छ । वैदिक सनातनीहरुले एकादशीका दिन भगवान विष्णुलाई सम्झि व्रत सम्पादन गर्दछन् । एकादशी कार्यक्रमका दिन एकादशी महात्म्य सुन्ने,भजनकृतन गर्ने गरिन्छ ।

 

 

ॐकार परिवार नेपालले हरेक एकादशी कार्यक्रमलाई संचालन गर्दै आएको छ । माघ शुक्ल पक्षको भीमा एकादशी कार्यक्रम पनि सम्पन गरेको छ ।
ॐकार परिवार नेपालले संचालन गर्दै आएको एकादशी कार्यक्रम यस संस्थामा आवद्ध आजिवन सदस्य,सदस्य ज्युहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

भीमा एकादशीका दिन ज्योतिष पं श्री रबिन्द्र पराजुलि ज्युले भीमा एकादशी महात्म्यको बारे प्रवचन गर्नु भएको थियो ।
ॐकार परिवार नेपाल संस्थाले विगत दुई वर्ष देखि एकादशी कार्यक्रम गर्दै आई रहेको छ । कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने उदेश्यले धार्मिक गतिविधिलाई निरन्तरता दिदै आएको छ ।

 

 

माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको ब्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।

 

 

कलियुगमा भगवानको नाम जप्नुलाई नै सवैभन्दा ठुलो यज्ञ अथवा धार्मिक कार्यका रुपमा लिइन्छ । एकादशीमा भगवान बिष्णु नाम लिने तथा आराधनाको महत्वपूर्ण दिन हो । अरु एकादशीका दिन झैं भीमा एकादशीका दिन पनि रात्री जाग्राम बस्ने र बिष्णुको किर्तन गर्ने गरिन्छ । भीमा एकादशीका दिन भगवान बिष्णुलाई धुप, दिप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा रहेको छ ।

 

 

कुन्तीपुत्र अर्थात पाँच पाण्डव मध्येका माइला भीमसेनले समेत ब्रत बसेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक वर्णन गरिएको छ । भीमले एकादशीको ब्रत बसेका कारण सवै पित्रृ ऋणहरुबाट मुक्त भएको गरुढ पुराणमा उल्लेख गरिएको छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्टपत्निले पति, अधर्मले धर्म, कुमन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्घाले श्रद्धा, असत्यले सत्य, उष्णताले शितलता, अनाचारले सम्पति, विष्मयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्दछ( ठिक त्यस्तै विपरित भीमा एकादशीको ब्रतले सवै पापहरुलाई त्यसैगरी नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्घि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

 

भीमा एकादशीको ब्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरुपत्नि गमन जस्ता पापहरु नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सवै तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमा एकादशीको ब्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्मे ठुलो मानिएको छ ।

 

 

 

 

प्रकाशित समय १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्