Subscribe

माघे संक्रातिको विशेषता र महत्व

भौगोलिक जातीय र साँस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै पर्वको नामलाई भिन्न भिन्न भेग र समुदायले भिन्न भिन्न ढंगले मनाउने प्रचलन छ ।

 

माघे संंक्राति पर्व नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पिहलो दिन पर्दछ । माघि नामले चिनिने किरातहरुको नयाँ वर्षको रुपमा परम्परा देखि नै मनाउने गरिन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन । नेपालको समस्त भुभाग हिमाल, पहाड, र तराईका बसोबास गर्ने बाहुन, क्षेत्रि, राई, लिम्बु, नेवार गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रातिलाई आ—आफ्नो परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाईन्छ ।माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ ।

 

ज्योतिष शास्त्र अनुसार माघे संक्राति देखि सुर्य धनु राशी मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्राति पनि भनिएको हो । यो दिन देखि सुर्य दक्षिण गोलार्थबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुदै जाने विश्वास गरिन्छ ।

यस दिन स्नानको पनि महत्व रहेको छ । नेपालभर विभिन्न पवित्र नदि, सागर तथा त्रिवेणीमा स्नान गरस् मन्दिरमा पुजाआजा गरिन्छ । माघीको दिन स्नजान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पान्छि भन्ने मान्यता रहेको छ ।

Image result for photo of bathing maghi"

हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन् । माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ ।

 

माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ ।

 

ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने । यो चलनको पछाडि केही तथ्य लुकेको छ ।

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ ।

Image result for photo of chhaku tarul"

अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ ।

यतिबेला घिउ, चाकु, तिलको लड्डु खाइन्छ, जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ ।

Image result for photo of chhaku tarul

माघे संक्रान्ति एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ ।

Image result for photo of khichdi"

माघे संक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो । खासगरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पुर्‍याउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ । तर, यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरुबेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्