Subscribe

१ महिना सम्म चल्ने सालीनदी मेला पौष २५ गते सुरु हुदै ।

२० - २५ लाख भक्तजन आउने अनुमान ।

काठमाडौं।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म सनातन धर्ममा आस्था राख्नेहरुले घर घरमा स्वस्थानी ब्रत बस्ने,कथा भन्ने र सुन्ने गर्दछन ।

 

यो समयमा काठमाडौंको साँखु सालीनदीमा १ महिने मेला लाग्ने गर्दछ । यसै क्रममा यस बर्ष हुने माधनारायण मेलाको तयारी पुरा भएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ ।

 

१ महिनासम्म चल्ने सालीनदी मेला पौष २५ गते सुरु हुदै छ । मेलाका लागि सुरक्षा व्यवस्था, स्वास्थ्य, यातायात लगायत बन्दोबस्त गरिएको कुरा १९ गते साखुमै पत्रकार सम्मेलन गरि समितिले जानकारी दिएको छ ।

 

यस वर्ष सालीनदी मेला भर्न करिब २० देखि २५ लाख भक्तजन आउने अनुमान गरिएको समितिका महासचिव एलपी श्रेष्ठले बताउनुभयो ।

 

पहिले बर्षहरुभन्दा यसबर्ष समितिले धेरै सुधार गर्ने भएको छ । पहिले व्रतालुहरुका सामग्रीहरु परदेश जाने क्रममा आफैले बोक्नु पर्ने थियो यस बर्ष भने समितिले गाडीबाट व्रतालुहरुको सामग्रीहरु लगिदिने र ल्याइदिने व्यवस्था भएको साथै व्रतालुहरु बिरामी हुँदा स्टेचरको व्यवस्थालगायत स्वयंसेवकहरुको व्यवस्था गरिएको समितिले जनाएको छ ।

 

मेलामा बजार व्यवस्थापन,होटलहरुको अनुगमन,गाडीको भाडा देखिने गरी बसमा र चोक-चोकको पोलमा टाँसिने भएको छ ।

 

यस वर्षबाट माधवनारायण पार्क निर्माण कार्य थालनी गरिएको र श्रद्दालु भक्तजनहरुले अर्पण गरेको भेटिघाटीबाट सालीनदी धामको मुहार फेर्दै जाने अभियान केहि बर्ष अघिबाटै शुभारम्भ भएको जानकारी निबर्तमान अध्यक्ष राजभाई मानन्धरले दिनुभयो ।

 

दर्शनार्थीको सुरक्षाको लागि साखुँ प्रहरीसँग समन्वय भएको तथा यस वर्ष, स्नान गर्न छुटै पोखरी बनाए को र पहिला पहिला दर्शनार्थीहरुबाट यातायातको गुनासो आउने भएकाले त्यस्ता समस्या समाधान गर्नको लागि यातायात व्यवसायीहरुसगँ कुरा गरिसकेको कुरा समितिका अध्यक्ष गोबिन्द श्रेष्ठले बताउनु भयो ।

 

परापूर्व कालदेखि चल्दै आएको माधवनारायण व्रतको व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिग्ने शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले बताउनुभयो साथै मेलामा आउन दर्शनार्थिहरुले प्रयोग गर्ने बाटो तत्काल ग्राभेल गरिने जानकारी दिए ।

प्रकाशित समय २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्