जमिन मुनि बसेर हरिहरपुर गढि गाँउपालिकाका वडा सदस्यले उमारे जमरा ।
हेर्नुहोस चमत्कार माझिको ।

सिन्धुलि, आश्विन सोमबार ।
सिन्धुलि जिल्ला हरिहरपूर गढि गाँउलालिका वडा नं ८ का वडा सदस्य जंगम बहादुर माझिको जमिन मुनि निहार व्रत बसेर जमरा उमार्ने संकल्प पुरा भएको छ ।
माझिले विजयादशमीको पावन अवसरमा फूलपातिका दिन देखि पूर्णिमाका दिन सम्म अन्धकार गुफामा निरहार व्रत र शरिरबाट निष्कासन सम्म नगरि जमरा उर्मान सफल भएका छन् ।
जंगमको संकल्प नै फूलपातिका दिन देखि पूर्णिमाका दिन सम्म जमारा उर्मानु थियो । यो झलक हो सिन्धुलि जिल्ला हरिहरपूर गढि गाँउलालिका वडा नं ८ साविक गाँउमा रहेको श्री जलेशवरनाथ क्यानेश्वरनाथ महादेव मन्दिर नजिकै जंगमले स्वयम आफूले ३१ दिन लगाएर निमार्ण गरेको गुफामा जमारा उमार्नु भएको थियो ।
उनलाई स्वपनामा भगवानले लिनु भएको आदेश अनुसार निर्माण गरि गुफाको नाम स्वर्ग द्धार गुफा राखिएको हो ।
उहाँलाई भगवान भोलेनाथको असिम कृपा रहेको छ । वडाका सदस्य भएता पनि उहाँ श्री जलेश्वरनाथ क्यानेश्वरनाथ महादेव मन्दिरका पूजारी पनि हुन । यस क्षेत्रको विकासका लागि निरन्तर खटि रहेका छन् ।
जलेश्वरनाथ क्यानेश्वर महादेव मन्दिर वरपर रहेका औषधीजन्य जडिबुटीबाट दु :खि, असाहय, रोगीहरुको सेवा गर्दै आएका छन् ।
जंगमको उदेश्य नै यस जलेश्वरनाथ क्यानेश्वर धाममा पर्यटक भित्राउनु हो ।
प्रकाशित समय १२:४० बजे