Subscribe

सोह् श्राद्ध ।

प्रचलनमा रहेका श्राद्धहरु । 

हिन्दु सनातन धर्मावलम्वीहरुको विभिन्न चाडपर्वहरु मध्य महान चाडको रुपमा विजया दशमीलाई लिने गरिन्छ ।

 

यो चाड पितृहरुको सम्झनाकाट सुरु गरिन्छ । सस्लाई हामि सोह श्राद्धको रुपमा मनाउने गर्दछौ ।
सोह श्राद्ध आश्विन कृष्ण प्रतिपदा बाट सुरु भई आश्विन शुक्ल प्रतिपदाका दिन नै समापन हुन्छ ।

 

यस अवधिमा आफ्ना पितृहरुको तिथि सम्झना गरि श्राद्ध गर्ने प्रचलन रहेको छ ।
यस पतिृ पक्षयमा तिर्थस्थलमा गएर श्राद्ध गर्नु हुदैन भन्ने कुरा हिन्दु सनातन धर्ममा उल्लेख गरेको भएता पनि आफ्नो घर नभएका र परदेशमा बसोबास गर्नेहरुले तिर्थस्थलमा गएर श्राद्ध गर्ने गरेको पाउन सकिन्छ ।

 

सोह श्राद्धमा गरिने श्राद्ध तिर्थ श्राद्ध नभएकोले पितृ पक्षमा तिर्थमा श्राद्ध गरेता पनि पिण्ड भने पायस (खिर)कै दिनु पर्छ भन्ने मान्यता रहेको छ ।

विभिन्न ९६ प्रकारका स्राद्धहरु मध्ये हाम्रो प्रचलनमा रहेका श्राद्धहरु ः

१ .एकुतृष्ट स्राद्ध ः
यो श्राद्ध मृत्यु भएको महिनाकै तिथीमा गरिन्छ ।
२ . माहालय श्राद्ध ः
यो श्राद्ध स्रोह श्राद्धको तिथीमा गरिन्छ ।
३ . तिथी श्राद्ध ः
यो श्राद्ध पितृहरुको सम्झनामा गरि तिर्थमा गएर गरिन्छ । जुन तिर्थमा गएर श्राद्ध गरिसके पछि पुनःश्राद्ध गर्नु पर्दैन भन्ने भनाईहरु रहेका छन् ।
४ . त्रिपिण्डी ः
यो श्राद्ध अरु श्राद्धहरु भन्दा फरक किसिमको श्राद्ध हो । जस्तै कात्र्तिक ,मंसिर,पुस र माघ महिनाका दुवै पक्षका (कृष्ण र शुक्ल) पन्चमी , अष्टमी , एकादशी र त्रयोदशीमा गर्नु पर्छ भन्ने कुरा विभिन्न शास्त्रहरुमा उल्लेख गरेको पाईन्छ ।
५ . मगा श्राद्ध ः
यो श्राद्ध तिथीको श्राद्ध नभएर नक्षयत्र अनुसार गरिने श्राद्ध हो । मगा श्राद्ध सोह् श्राद्धको बिचमा पर्दछ । जुन द्धादशी वा त्रयोदशीमा पर्ने गर्दछ । यस पालि भने द्धादशीका दिन परेको छ ।

यि सम्पूर्ण श्राद्धहरुको आ –आफ्नै श्राद्ध विधिहरु प्रयोग गरेर श्राद्ध गर्ने गरिन्छ ।

 

परसंस्कृति र आधुनिकिकरणलाई अगाल्दै गर्दा आजकालका युवा वर्गहरुले श्राद्ध गरेर पितृले पाउदैनन् पिण्ड पुजा गरेर केहि फल प्राप्त हुदै बाचिनुजेल राम्रो सेवा गर्ने मरेपछि केहि गर्नु पर्दैन पनि भन्ने गरेको पाईन्छ ।

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्